छोटी भन्सार कार्यालय कर्मचारीविहीन
बारा । बारा, पर्सा, रौतहटमा रहेका छोटी भन्सार कार्यालय विगत लामो समयदेखि कर्मचारीविहीन भएका छन् ।
पर्साको ठोरी गाउँपालिकामा रहेको छोटी भन्सार कार्यालयमा लामो समयदेखि कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।
त्यसैगरी रौतहटको बौद्धीमाई नगरपालिका अन्तर्गत बंकुल नाकामा रहेको छोटी भन्सार कार्यालयमा एकजना पनि कर्मचारी नभएको स्थानीय बासिन्दाले बताएका छन् ।
कार्यालय सहयोगी समेत नहुँदा स्थानीय प्रहरीले कार्यालय खोलेर औपचारिकता पूरा गर्ने गरेका छन् ।
ठोरी र बंकुलमा मात्र होइन, नेपाल–भारत सीमा जोडिएको र छोटी भन्सार कार्यालयको रुपमा बारा, पर्सा, रौतहटमा रहेका झण्डै एक दर्जन भन्दा बढी छोटी भन्सार कार्यालय कर्मचारीविहीन भएको हाम्रा समाचारदाता धुव्र अधिकारीले जनाएका छन ।
प्रतिक्रिया राख्नुहोस्