तपाईँ सुन्दै हुनुहुन्छः

पार्टीभित्र फाटो ल्याउनेहरु सक्रियः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई ठूला कम्युनिष्ट पार्टीबीचको ऐतिहासिक एकतापछि दुई तिहाइको सरकार बलियो बन्दै गएको देखेर पार्टीभित्र फाटो ल्याउनेहरु सक्रिय भएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीले आज पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजना गरेकोे २४ औं जनयुद्ध तथा जनान्दोलनका शहीदहरुप्रति श्रद्धाञ्जली कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले दुई कम्युनिष्ट पार्टीको एकता कसैले दया गरेर दिएको नभई नेपाली जनताले गरेको सङ्कल्प बाट प्राप्त भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले जनतालाई लोकतान्त्रिक अधिकार दिलाउने जनआन्दोलन र जनयुद्धको परिणामस्वरुप  संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारी भएको  उल्लेख गर्दै सहिदहरुले तय गरेको यात्रा नै समाजवाद उन्मुख यात्राको जग भएको बताउनुभयो ।

दुई ठूला कम्युनिष्ट पार्टीबीच एकीकरणपछि पहिलोपटक नेपाल कम्युनिष्ट पार्टीले जनयुद्ध तथा जनान्दोलनका शहीदहरुप्रति श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेकोे हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button