२०७८ साल असोज ९ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

विदेश

संयुक्त राष्ट्रसङ्घको महासभामा विश्वका नेताहरूले के भने !

संयुक्त राष्ट्रसंघ। विश्वका नेताहरूले प्रत्येक वर्ष आयोजना हुने संयुक्त राष्ट्रसङ्घको महासभामा विश्व र आ-आफ्ना क्षेत्रसँग सम्बन्धित विषयलाई जोडतोडका साथ उठाउने गर्दछन् । प्रत्येक वर्ष यस्ता केही आवाजहरू हाबी हुने गर्दछन् र विश्व राजनीतिक मञ्चमा तरङ्ग समेत पैदा गर्दछन् ।...

३ घन्टा अगाडि रेडियो नेपाल

हरित, सुरक्षित र दिगो विश्व निर्माणका लागि नवीकृत साझेदारी आवश्यक : प्रधानमन्त्री

काठमाडौं।हरित सुरक्षित र दिगो विश्व निर्माणका लागि विश्वव्यापीरुपमा दिगो एवं नवीकृत साझेदारी अपरिहार्य भएकामा नेपालले जोड दिएको छ । उच्चस्तरीय ऊर्जा संवादलाई भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष परिस्थितिमा रहेका देशलाई वित्त र प्रविधिमा सहज एवं प्रत्यक्ष पहुँच...

५ घन्टा अगाडि रेडियो नेपाल

दिल्लीस्थित एक अदालतमा गोली चल्दा ‘ग्याङ्गस्टार’ गोगीसहित चारको मृत्यु

भारतका ‘चर्चित ग्याङ्गस्टार’ जितेन्द्र मान गोगीलाई अदालतमा पेश गर्नुअघि राजधानी नयाँदिल्लीस्थित रोहिणी अदालतमा गोली चलेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । गोली लागेर गोगीको मृत्यु भएको छ भने प्रतिक्रियामा सुरक्षाकर्मीले चलाएको गोली लागि तीन आक्रमणकारीको पनि मृत्यु भएको रोहिणी अदालतका...

६ घन्टा अगाडि रेडियो नेपाल

सबै सरकारी अधिकारीलाई दिइएको आममाफीको सम्मान गर्न आफ्ना लडाकूलाई तालिबानको आग्रह

तालिबानले बिहीबार आफ्ना लडाकूहरूलाई अफगानिस्तानका सबै सरकारी अधिकारीहरूलाई दिइएको आम माफीको सम्मान गर्न र इस्लामिक इमिरेटको नयाँ सरकारको बदनाम नगर्न आग्रह गरेको छ । अफगानिस्तानको अन्तरिम सरकारका रक्षा मन्त्री मुल्लाह मोहम्मद याकोबले आफ्ना लडाकूहरूलाई सामान्य आममाफीको घोषणा गरिएको र...

६ घन्टा अगाडि रेडियो नेपाल

भारतीय प्रधानमन्त्री मोदी र जापानी प्रधानमन्त्री सुगा बीच वार्ता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी समकक्षी योशिहिदे सुगाले दुई बीचको बहुआयामिक सम्बन्धको समीक्षा गर्दै अफगानिस्तान सहित हालैको वैश्विक र क्षेत्रीय घटनाक्रमको बारेमा छलफल गर्नुभएको छ। वार्ताका अवसरमा दुई नेताले स्वतन्त्र, खुला र समावेशी हिन्द-प्रशान्त क्षेत्रप्रति आ-आफ्नो प्रतिबद्धता दोहोर्याउनुभएको...

६ घन्टा अगाडि रेडियो नेपाल

चिनियाँ विदेशमन्त्री वाङ र संयुक्त राष्ट्र संघको महासभाका ७६ औँ सत्रका अध्यक्ष अब्दुल्ला बीच वार्ता

चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले बिहीबार संयुक्त राष्ट्र संघको महासभाका ७६ औँ सत्रका अध्यक्ष अब्दुल्ला शाहिदसँग भिडियो माध्यमबाट वार्ता गर्नुभएको छ। मन्त्री वाङले संयुक्त राष्ट्रसंघलाई कोभिड-१९ महामारी विरुद्धको लडाइमा सहयोग र खोपको उचित वितरण, जलवायु परिवर्तनसँग लड्न...

६ घन्टा अगाडि रेडियो नेपाल

नोबेल पुरस्कार विजेतालाई सम्बन्धित मुलुकबाट नै पुरस्कार प्रदान गरिने

यस बर्षको नोबेल पुरस्कार अन्तर्गत विज्ञान र साहित्यतर्फका विजेताहरूलाई उनीहरूको आफ्नै देशबाट पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको नोबेल पुरस्कार फाउण्डेसनद्वारा गठित समितिले बिहीबार कोभिड–१९ महामारीलाई उद्धृत गर्दै यस्तो व्यवस्था गरिएको बताएको छ । परम्परागत रूपमा नर्वेबाट प्रदान गरिँदै आएको...

१ दिन अगाडि रेडियो नेपाल

‘डेल्टा भेरिएन्ट’ र आँधीबेहरीबीच अमेरिकी बेकारको दाबी फेरि बढ्यो

वासिङटन। कोभिड–१९ को डेल्टा भेरिएन्ट र आँधीका कारण प्रभावित बनेको अमेरिकी अर्थतन्त्रले गत हप्ता लगातार दोस्रो पटक पनि बेरोजगारी भई सहयोगका लागि पर्ने निवेदनमा दरमा वृद्धि देखिएको बिहीबार श्रम मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ । डेल्टा र आँधीका...

१ दिन अगाडि रेडियो नेपाल

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दवाव

युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ । संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको एप्पल फोनको उत्पादक कम्पनीलाई धक्का लाग्नसक्ने छ । युरोपेली आयोगले एकैप्रकारको चार्जर भएमा विद्युत खपत...

१ दिन अगाडि रेडियो नेपाल

चिनियाँ विदेश मन्त्रीद्वारा जी २० बैठकमा अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह

बेइजिङ । चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले बिहीबार अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह गरेका गर्नुभएको छ । मन्त्री वाङले ९जी २०० समूहका विदेश मन्त्रीहरूको भिडियो सम्मेलनलाई सम्बोधन गर्दै अफगानिस्तानको विदेशी विनिमय भण्डार उसको राष्ट्रिय सम्पत्ति हो...

२ दिन अगाडि रेडियो नेपाल
1 2 3 347