तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा दोधारा–चाँदनी नगरपालिकाले छोरी जन्माउने दम्पत्तीलाई प्रोत्साहन गर्ने

कञ्चनपुर । छोरीको लिङ्ग परीक्षण गरी भ्रूण हत्या गर्नेहरूको सङ्ख्यामा वृद्धि हुन थालेपछि छोरीहरूको सुरक्षाका लागि कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकाले छोरी जन्माउने दम्पत्तीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको छ । 

दोधारा–चाँदनी नगरपालिकाको सातौँ नगर सभाले छोरी जन्माउने दम्पत्तीलाई प्रोत्साहन गर्ने जनाएको छ । 

नगरपालिकाले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य संस्थामा जन्मिएकी छोरीको नगरपालिकाले बैक खाता खोली ३ हजार जम्मा गरी दिने नीति अघि सारेको नगर उप प्रमुख चिनी गिरीले बताउनुभएको छ । 

उहाँले छोरी जन्माउने दम्पतीलाई प्रोत्साहन स्वरूप उक्त कार्यक्रम ल्याइएको बताउनुभयो ।

नगरपालिकाले बुधवार आगामी आर्थिक वर्षका लागि ६२ करोड १५ लाख १३ हजार बजेट ल्याएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले बताउनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button