तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रधानमन्त्री बनाउन दलको समर्थन चाहिँदैन’

काठमाडौँ । संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता महादेव यादवले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नका लागि प्रतिनिधिसभा सदस्यलाई दलको समर्थन नचाहिने बताउनुभएको छ ।

“७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि राजनीतिक दल नभई प्रतिनिधिसभा सदस्यको समर्थन भनिएको हो”, उहाँले भन्नुभयो । धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थनप्राप्त १४९ जना दलका नभई सभाका सदस्य रहेको उहाँले बताउनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button