तपाईँ सुन्दै हुनुहुन्छः

सडेर कुहिएका ३१ किलो बोइलरको मासु र म्याद नाघेको दाना बरामद

तनहुँ । तनहुँको आँबुखैरेनी बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले मङ्गलवार आँबुखैरेनी बजारमा रहेको फ्रेस हाउस, दाना पसल, मिनी मार्ट तथा भेटेनरी पसलको अनुगमन गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्त बरालको नेतृत्वमा बजार अनुगमन टोलिले गरेको आँबुखैरेनी बजार अनुगमनका क्रममा मनकामना दाना पसलबाट सडे गलेर कुहिएको अवस्थामा रहेको ३१ किलो बोईलर कुखुराको मासु र म्याद नाघेको ३४ किलो कुखुरालाई खुवाउने दाना बरामद गरेको छ ।

बरामद गरिएको सडे गलेको ब्रोईलर कुखुराको मासु र म्याद नाघेको कुखुरालाई खुवाउने दाना तत्कालै खाडल खनी नष्ट गरिएको छ ।यस्तै न्यु श्रेष्ठ मिनी मार्टबाट केही सामान स्याम्पलको लागि नियन्त्रणमा लिइएको र एम आर पि मूल्य भन्दा प्रिन्टेट मूल्य बढी राखेर सामान बिक्री वितरण गरिएको पाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बरालको नेतृत्वमा आएको बजार अनुगमन टोलिमा वरिष्ठ पशु चिकित्सक अधिकृत बालकुमार श्रेष्ठ, कृषि ज्ञान केन्द्रका प्रमुख कुल प्रसाद तिवारी, आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पोखरेल, आँबुखैरेनी गाउँपालिका–३ का वडाध्यक्ष पूर्ण बहादुर आले, खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख प्रशन्न पोखरेल, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी सहायक निरीक्षक रबि थापा, भेटेनरी अस्पतालका प्रतिनिधि डिल्लीराम पोखरेल लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button