तपाईँ सुन्दै हुनुहुन्छः

३ सय ५० लिटर घरेलु मदिरासहित तीन पक्राउ

जनकपुरधाम । धनुषामा अवैध घरेलु मदिरा लोड गरिएको अवस्थामा एक वटा अटोसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


हरिहरपुरस्थित पूर्वपश्चिम राजमार्गबाट अवैध घरेलु मदिरा लोड रहेका अटो इलाका प्रहरी कार्यालय ढल्केवरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


प्रहरीले जाँचको क्रममा जिल्लाको धारापानीबाट जनकपुरतर्फ लैजाँदै गरेको अवस्थामा प्रदेश २–०२–००१ स १०९७ नम्बर अटो गाडी भरि घरेलु मदिरा लोड रहेको पाएपछि अटो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।  


पक्राउ पर्नेमा धारापानी बस्ने अटो चालक बलिराम विश्वकर्मा र अवैध मदिरा कारोबारमा संलग्न बिना विश्वकर्मा, निल कुमारी लामा र चिन माया छन् । त्यस्तै प्रहरीले नियन्त्रणमा लिएको अटोबाट करिब ३ सय ५० लिटर अवैध मदिरा बरामद भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button