तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा एक साता लकडाउन थपियो

File Photo

दाङ । दाङमा थप एक सातालाई लकडाउन थपिएको छ । 


कोरोना सङ्कट व्यवस्थापन केन्द्र दाङको आज बसेको बैठकले अझै कोरोनाको जोखिम कायमै रहेको भन्दै लकडाउनको मोडालिटि परिवर्तन गरी असार १५ गते सम्म लम्ब्याउने निर्णय गरेको हो ।


बैठकले सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था र व्यापार व्यवसाय सञ्चालनका लागि समय थप गरेको छ । अब असार ८ गते  देखी सरकारी कार्यालयहरू, बैङ्क तथा वित्तीय संस्था, बिहान १० देखी दिउँसो ३ बजे सम्म खुल्ने भएका छन् । बिहान ६ देखी १० बजे सम्म खुल्दै आएका अब दिउँसो २ बजे सम्म खुलाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीघनारायण पौडेलले जानकारी दिए ।


कोरोनाको संक्रमण दर घट्दै गए पनि जोखिम कायमै रहेको भन्दै स्वास्थ्य सुरक्षा मापदण्ड र भौतिक दूरीको अनिवार्य पालना गर्न सबै नागरिकहरूलाई आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button