तपाईँ सुन्दै हुनुहुन्छः

पुनः श्रम स्वीकृति सुचारु

रुपन्देही । रुपन्देहीमा वैशाख १६ गतेबाट बन्द रहेको पुनः श्रम स्वीकृति सेवा मङ्गलवारदेखि सुरु भएको छ । श्रम तथा रोजगार कार्यालय रुपन्देहीले एक सूचना जारी गरी मङ्गलवारबाट प्रत्येक हप्ता आइतबार देखि बिहीबार सीमित सङ्ख्यामा पुनः श्रम स्वीकृति सेवा प्रदान गर्ने जनाएको छ ।

जिल्लामा दोस्रो लहरको कोरोना संक्रमण बढेपछि कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासनले जिल्लामा निषेधाज्ञा जारी गरेसँगै पुनः श्रम स्वीकृति सेवा पनि बन्द भएको थियो । 

जिल्लामा सङ्क्रमणको दरमा केही कमी आएसँगै निषेधाज्ञालाई खुकुलो बनाई प्रशासनले सञ्चालन गर्ने अनुमति दिएपछि आजबाट पुनः श्रम स्वीकृति सेवा सञ्चालनमा आएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button