तपाईँ सुन्दै हुनुहुन्छः

आँप उत्पादन घट्यो

सिराहा । आँपको राजधानी मानिने सिराहा र सप्तरीमा यस वर्ष आँप उत्पादन घटेको छ ।


रोग र किराको समेत प्रकोप बढेकाले आँप उत्पादन घटेको कृषि ज्ञान केन्द्र सिराहाले जनाएको छ । 


सिरामा ६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको आँप खेतीबाट प्रतिहेक्टर ५ दशमलव ५ मेट्रिक टनका दरले यस वर्ष ३३ हजार मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र सिराहाका प्रमुख किसुनदेव यादवले जानकारी दिनुभयो । 


यस्तै सप्तरीमा ७ हजार हेक्टर क्षेत्रफलमा लगाइएको आँप खेतीबाट प्रतिहेक्टर ६ मेट्रिक टनका दरले ४२ हजार मेट्रिक टन आँप उत्पादन भएको जनाएको छ । 

यस वर्ष एकातिर आँप उत्पादन घटेको छ भने अर्कोतिर फलेको आँप बाहिर जिल्ला पठाउन नसक्दा उचित मूल्य नपाएको किसानको गुनासो छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button