तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पा अस्पताललाई १०० केभिएको जेनरेटर उपलब्ध

रोल्पा । रोल्पा नगरपालिकाले रोल्पा अस्पतालमा भइरहेको बिद्युतको समस्या हटाउनको लागि १०० केभिएको जेनरेटर उपलब्ध गराएको छ ।


सोमबार रोल्पा नगरपालिका नगर प्रमुख पूर्ण केसीले १०० केभिए क्षमता रहेको  महिन्द्रा कम्पनीको जेनरेटर रोल्पा अस्पताल विकास समिति अध्यक्ष फबिन्द्र आचार्य लाई हस्तान्तरण गर्नुभएको हो । 


स्वास्थ्य क्षेत्रको सुदृढीकरणका लागि रोल्पा नगरपालिकाले रेउघा अस्पतालमा जनताको सेवा गर्न जेनरेटर राखेको नगर प्रमुख केसीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button