तपाईँ सुन्दै हुनुहुन्छः

राक्सीराङका चेपाङसहित ४ सय ५० घरधुरीलाई राहत वितरण

चितवन । चितवन र मकवानपुरको सिमानामा पर्ने राक्सीराङ सिलिङ्गेका चेपाङसहित ४ सय ५० विपन्न घरधुरीलाई राहत सामाग्री वितरण गरिएको छ । 


राक्सीराङ गाउँपालिका सिलिङ्गे गाउँका चेपाङसहित विपन्न ४ सय ५० घरधुरीलाई खाद्यान्न सहयोग गरिएको हो ।


सौराहाका युवा पर्यटन व्यवसायी शिरलाल परियारको सक्रियतामा १० लाख रुपैयाँ बराबरको खाद्यान्न आज राक्सीराङ गाउँपालिका वडा ६ का स्थानीयहरूलाई हस्तान्तरण गरिएको थियो ।


स्थानीयलाई एक महिना पुग्ने खाद्य सामाग्री वितरण गरिएको पर्यटन व्यवसायी तथा ग्रिन सोसाइटी नेपाल सौराहाका महासचिव शिरलाल परियारले जानकारी दिनुभयो  ।


राक्सीराङ गाउँपालिका वडा ६ का वडा अध्यक्ष सिंहलाल प्रजाको प्रमुख आतिथ्यतामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा प्रति घर २० केजी चामल, १ लिटर तेल, १ पोका नुन, २ पोका मस्यौरा प्रदान गरिएको थियो । १२ बढी घर परिवारलाई खान पकाउने र खाने भाँडाकुँडा समेत सहयोग गरिएको थियो ।


वडा अध्यक्ष प्रजाले बर्षेनी अनिकालको चपेटामा रहेका चेपाङसहितका विपन्न समुदायले निषेधाज्ञाका  कारण खाद्य सङ्कट नै आइपरेको बेलामा आएको सहयोगले ठुलो राहत मिलेको बताउनुभयो ।

उहाँले राक्सिराङ्गमा यसरी पहिलो पटक सबै वडावासीहरूलाई पुग्ने गरी राहत वितरण भएको भन्दै दाताहरूको सहयोगमा हस्तान्तरण गर्न पाएकोमा दाताहरूलाई  आभार प्रकट समेत गर्नुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button