तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा आंशिक रुपमा एक साताका लागि निषेधाज्ञा थप

जनकपुरधाम । कोरोनाको तेस्रो भेरियन्ट नेपालमा आएको पुष्टि भएको तथा धनुषामा जोखिम पूर्ण रुपमा हटी नसकेको भन्दै जिल्लामा थप एक साताका लागि आंशिक रुपमा निषेधाज्ञा जारी गरिएको छ ।


आज मध्य राति १२ बजे रातिदेखि असार १४ गते मध्यराति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै थप गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।


जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको आज बसेको बैठकले यस अघिको निषेधाज्ञामा थप परिमार्जन गरेर भोलि देखि सैलुन, सिनेमा हल, पार्टी प्यालेस, जीमखाना, सभा, सेमिनार, गोष्ठी, विद्यालयको पठन पाठन बाहेक सबै सेवाहरू स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी खोल्न निर्णय गरेको छ ।


बैठकले निजी सवारी साधन जोरबिजोर प्रणाली मार्फत लगाउन पाउने भएको भए पनि सार्वजनिक सवारी साधन नचल्ने जनाएको छ । विकास निर्माण, अत्यावश्यक, कर्मचारी, पत्रकारहरूको सवारी साधन पासको आधारमा चल्न पाउने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button