तपाईँ सुन्दै हुनुहुन्छः

बाघको आक्रमणमा परी एक महिलाको मृत्यु

चितवन । चितवनमा बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर ५ मगर टोलकी गीता अधिकारी रहेकी छिन । 


जिल्ला प्रहरी कार्यालयले, चितवनले दिएको जानकारी अनुसार सोही वडाको जनकौली मध्यवर्ती सामुदायिक वनमा दिउसो साँढे १ बजेतिर बाघले आक्रमण गर्दा मृत्यु भएको हो । 


उनी साथीहरुसंँगै निउरो टिप्न गएकी थिइन । हाल बाघलाई नियन्त्रणमा लिन निकुञ्जको हात्ती सहितको टोली डार्ट गरिरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button