तपाईँ सुन्दै हुनुहुन्छः

जबरजस्ती करणी गरेको आरोपमा १ जना युवा पक्राउ

दाङ । दाङको लमहीमा  दिदीबहिनीलाई  जबरजस्ती करणी  गरेको आरोपमा १ जना युवा पक्राउ परेका छन् ।  गए राती दाङको लमही नगरपालिका वडा नम्बर ७ कमानपुर जाने जङ्गलको बाटोमा  युवाको समूहले उपचार गर्न जान लागेका दुई दिदीबहिनी माथि जबरजस्ती करणी गर्नुका  साथै श्रीमान् लाई कुटपिट गरिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

तीन जना हतियार सहित आएका युवाहरूको समूहले  गए राती करिब साढे दश बजेको समयमा उनीहरू चढेको रा १ ख २४१९ नम्बरको गाडीलाई बीच बाटोमा मोटरसाइकलले बाटो छेकी उनीहरू सँग भएको  नगद ४५ हजार रुपैयाँ र कानमा लगाएका सुनका गरगहना समेत  लुटेर लगेको पीडितहरूले बताएका छन् ।

पीडित महिलाहरूले आफूहरू माथि जबरजस्ती करणी भएको बताउँदै वडा प्रहरी कार्यालय लमहीमा मुद्दा दर्ता गराएका छन् । लुटपाट तथा जबरजस्ती करणीमा  संलग्न मध्य अन्दाजी २० र २१ वर्षका किरण बुढालाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ भने दुई जना फरार रहेका छन् ।  फरार रहेका युवाहरूको परिचय प्रहरीले गोप्य राखेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button