तपाईँ सुन्दै हुनुहुन्छः

माओवादीले कैलालीका ४ जना जनप्रतिनिधिलाई कारबाही गर्‍यो

धनगढी । नेकपा माओवादी केन्द्रले अनुशासन उल्लङ्घन गरेको भन्दै कैलालीका चार जना जनप्रतिनिधिलाई कारबाही गरेको छ । 

पार्टी अनुशासन उल्लङ्घन गरेकाले उपप्रमुख सहित चार जना जनप्रतिनिधिलाई पदमुक्त हुने गरी कारबाही गर्ने निर्णय भएको माओवादी केन्द्र कैलालीले जनाएको छ । 

कारबाही हुनेमा भजनी नगरपालिका उप–प्रमुख छाया देवकोटा, गोदावरी नगरपालिका वडा नं.१ का अध्यक्ष सर्मानन्द भट्ट, बर्दगोरिया गाउँपालिका ४ का वडा अध्यक्ष पुरन बिसी र गौरीगङ्गा नगरपालिका ४ की वडाध्यक्ष भागीरथी विष्ट रहेका छन् । 

उनीहरू सबै स्थानीय तहको चुनावमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button