तपाईँ सुन्दै हुनुहुन्छः

तातोपानी गाउँपालिकाका किसानलाई सिप सँगै कृषि सामाग्री वितरण

जुम्ला । तातोपानी गाउँपालिकाका मार्सी धान रोप्ने किसानलाई जैविक मल, औजार, थ्रेसर लगायतका कृषि सामाग्री वितरण गरिएको छ । एक स्थानीय तह एक बाली उत्पादन विशेष साझेदारी कार्यक्रम अन्तर्गत तातोपानीमा धान ब्लक कार्यक्रम सञ्चालित छ ।

धानको उत्पादकत्व वृद्धि गर्न किसानलाई १८ लाख बराबरको आवश्यक तालिम सहित कृषि सामाग्री वितरण गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने बताउनुभयो ।

धान ब्लक सञ्चालन समितिले खरिद गरेको कृषि सामाग्री आइतबार जिल्ला कृषि विकास कार्यालय, तातोपानी गाउँपालिका जनप्रतिनिधि कर्मचारी अनुगमन सँगै किसानलाई वितरण गरेका छन् ।  आइतबार नै धान ब्लक सञ्चालन समितिका सचिव नरेन्द्र खत्रीले कृषि सामाग्री पालिकालाई हस्तान्तरण गरी सोही क्रममा किसानलाई वितरण गरिएको थियो । 

जिल्ला कृषि विकास कार्यालयको ७५ प्रतिशत र पालिकाको २५ प्रतिशत लगानी गरेर करिब १८ लाख बराबरको धान ब्लक कार्यक्रम तातोपानीमा सञ्चालन भएको छ । भने, १८ लाख मध्य १० लाख बराबरको सामाग्री खरिद भएको छ । बाँकी ब्लकमा समेटिएका तातोपानी गाउँपालिका ३ नम्बर वडाका ६५ किसानलाई तालिम अभिमुखीकरण सहित कृषि सामाग्री वितरण गरिएको धान ब्लक सञ्चालक समितिका सचिव नरेन्द्र खत्रीले बताउनुभयो ।

उहाँका अनुसार ३५ सेट सिटविन, किटबक्स ३ थान, थ्रेसर ३ थान, पाल ६० थान, जैविक मल १५० बाल्टी र बिउ ९ क्वीइन्टल कृषि सामाग्री खरिद गरिएको छ । पालिकाले आइतबार औपचारिक वितरण गरे पनि ब्लकका किसानलाई सञ्चालन समितिले आवश्यकता अनुसार सामाग्री दिने सचिव खत्रीको भनाई छ । 

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने कृषिमा आधुनिकीकरण र यान्त्रीकरण बिना उत्पादन वृद्धि सम्भव नभएकोले अबको कृषि आधुनिक मैत्री हुनुपर्नेमा जोड दिए । ब्लक कार्यक्रमले कृषि बस्तुको उत्पादनमा जोड दिने उहाँको विश्वास छ । 

प्रदेश सरकारको एक स्थानीय तह एक बाली उत्पादन विशेष कार्यक्रम अन्तर्गत तातोपानीमा धान ब्लक सञ्चालन गरिएको कृषि विकास कार्यालय जुम्लाका योजना अधिकृत लछिराम महतले बताउनुभयो । उहाँका अनुसार जुम्लाको तातोपानी र हिमा धान ब्लक,कनकासुन्दरीमा मौरी ब्लक, सिजा, गुठिचौर र तिलामा स्याउ ब्लक र चन्दननाथ र पातारासीमा आलु ब्लक कार्यक्रम सञ्चालन भएका छन् । 

प्रत्येक स्थानीय तहलाई १४ लाख ४० हजारका दरले ब्लक कार्यक्रम सञ्चालनका लागि कृषि विकास कार्यालयले बजेट दिने र ४ लाख ३२ हजार स्थानीय तहको गरी १८ लाख बढी रकम ब्लक कार्यक्रममा लगानी भएको छ । चालु आर्थिक वर्षमा १ करोड २० लाख लगानीमा जुम्लाका आठै स्थानीय तहमा कृषि ब्लक कार्यक्रम सञ्चालन भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button