तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा असार १४ गतेसम्म निषेधाज्ञा

अछाम । अछाम जिल्लामा जारी निषेधाज्ञा थप सात दिन लम्बिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी जिल्ला सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र डिसीसीएमसीको बैठकले सात दिन थप गरी असार १४ गते सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

जिल्लामा कोरोना सङ्क्रमण दर नघटेको र भारतबाट आउनेहरू पनि नघटेकाले निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिनुभएको छ ।

निषेधाज्ञा अवधिभर पूर्व आदेश पालना गर्नु पर्ने छ । अछाममा हालसम्म ४ हजार २ सय ९३ जना कोरोना संक्रमित भैसकेका छन् । ४ हजार ८० जना निको भई घर फर्केका छन् भने १ सय ८८ जना कोभिड–१९ का सक्रिय संक्रमित छन् । अछाममा दोस्रो लहरमा २० सहित २५ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button