तपाईँ सुन्दै हुनुहुन्छः

कोशी ब्यारेजमा पानीको बहाव बढेसँगै १८ वटा ढोका खोलियो

सप्तरी। पहाडी क्षेत्रमा भइरहेको वर्षाले सप्तकोशी नदीको चतरा तथा सहायक नदीहरूमा पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा १८ वटा ढोका खुल्ला गरिएको छ ।

पानीको बहाव बढ्दो क्रममा रहेकाले नदी तटबन्ध क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।आज बिहान गरिएको मापन अनुसार १ लाख १० हजार पानीको बहाव मापन गरिएको प्रहरी चौकी कोशी ब्यारेजका प्रहरी जवान भोला कुमार तामाङले जानकारी दिनुभयो ।

हाल ५६ मध्ये १८ वटा ढोका खुला गरिएको छ भने अझै बहाव बढ्ने क्रम जारी नै रहेको ब्यारेज प्रशासनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button