तपाईँ सुन्दै हुनुहुन्छः

थप ३ हजार ४ सय ५६ जना कोरोना सङ्क्रमणमुक्त

काठमाडौँ । नेपालमा आज थप २ हजार ४ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको मिडिया व्रिफिङ्मा मन्त्रालयका डा प्रवक्ता डा कृष्णप्रसाद पौडेलले पिसिआर परीक्षणबाट १ हजार ४ सय २१ जना तथा एन्टिजेन परीक्षण बाट १ हजार २१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । 


प्रवक्ता डा पौडेलले दिनुभएको जानकारी अनुसार आज ६ हजार ६ सय ७७ नमुनाको पिसिआर तथा ४ हजार २ सय ४९ नमूनाको एन्टिजेन परीक्षण भएको छ भने संक्रमण पुष्टि हुने दर २१ दशमलव ३ प्रतिशत रहेको छ । 


यस्तै आज थप ३ हजार ४ सय ५६ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा हाल सम्म कोरोना संक्रमण पुष्टि भई निको हुनेको कूल सङ्ख्या ५ लाख ५६ हजार ७ सय ९८ पुगेको छ भने निको हुने दर ८९ दशमलव ६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 


यस्तै आज थप ५१ जनाको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु हुनेको कूल सङ्ख्या ८ हजार ७ सय २६ पुगेको छ । 


यसैगरी आज देश भर गरी ५५ हजार ५ सय ३२ जना कोरोनाका सक्रिय संक्रमित हरेका छन् । 

सक्रिय सङ्क्रमितमध्ये ५१ हजार ८ सय ३३ जना होम आइसोलेसन तथा बाँकी ३ हजार ६ सय ९९ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसन सेन्टरहरूमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button