तपाईँ सुन्दै हुनुहुन्छः

‘विपद् जोखिम न्यूनीकरणका लागि सबैको समन्वय र सहकार्य आवश्यक’

फाइल तस्बिर

काठमाडौँ । गृहमन्त्री खगराज अधिकारीले विपद् जोखिम न्यूनीकरणका लागि सबैको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।


मन्त्रालयमा आज आयोजित प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू सँगको बैठकमा मन्त्री अधिकारीले विपद् जोखिम न्यूनीकरण र कोभिड व्यवस्थापन आजको मुख्य चुनौती भएको भन्नुहुँदै यसको न्यूनीकरणका लागि सबै निस्वार्थ भावनाका साथ अविचलित भएर लाग्नुपर्ने बताउनुभयो ।


मन्त्री अधिकारीले आफु सस्तो प्रचार प्रसार भन्दा पनि काममा विश्वास गर्ने उल्लेख गर्नुहुँदै जनताको जिउ धनको रक्षा गर्नु आफ्नो प्रमुख कर्तव्य सम्झेर काम गरिरहेको बताउनुभयो ।


मन्त्री अधिकारीले विपदबाट हुने क्षति कम गर्न जोखिमयुक्त भूगोलको नक्साङ्कन गर्नुका साथै विपदपूर्व र पश्चात् गर्नुपर्ने कामको स्पष्ट खाका बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।


बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरूले विपद् व्यवस्थापन, शान्ति सुरक्षा र कोभिडको सम्बन्धमा प्रदेश सरकारले गरिरहेको कामको जानकारी गराउनुहुँदै विपद् व्यवस्थापनका लागि मन्त्रालयको सहयोग, सहकार्य र समन्वय अपरिहार्य रहेको उल्लेख गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button