तपाईँ सुन्दै हुनुहुन्छः

इटली र वेल्स भिड्दै

काठमाडौं ।१६ औं संस्करणको युरोकप फुटबलमा आइतबार दुई खेलहरु हुँदैछ ।युरोकपको समूह चरण अन्तर्गत आज समूह ‘ए’ को दुई खेल हुनेछ । जसमा पहिलो खेलमा इटाली र वेल्स भिड्ने छन् ।

रोममा हुने खेलमा घरेलु टिम इटालीले वेल्ससँग प्रतिस्पर्धा गर्नेछ । इटाली र वेल्सबीचको खेल नेपाली समयानुसार आइतबार राति ९:४५ बजे सुरु हुनेछ ।

आज इटाली लगातार तेस्रो जित निकाल्ने योजनामा रहेको छ । नकआउट चरणमा प्रवेश गरिसकेको इटाली तेस्रो खेल जित्दै समूह विजेता बन्न चाहन्छ ।

इटालीले २ खेलमा ६ अंक जोडेको छ । र, शीर्ष स्थानमा रहेको छ ।यता, वेल्स भने इटालीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । वेल्सका लागि यस खेल महत्वपूर्ण रहेको छ ।

वेल्सले २ खेलमा ४ अंक जोडेको छ । वेल्स समूहको दोस्रो स्थानमा रहेको छ ।इटली विश्व फुटबलमा सफल र बलियो टिम मानिन्छ । इटलीले चार पटक विश्वकपको उपाधि जितिसकेको छ भने युरो कप पनि जितिसकेको छ । यता, वेल्स पनि युवा टोलीले भरिएको उत्कृष्ट टिम हो ।

यी दुई टोली अहिलेसम्म ९ पटक आमुनेसामुने भएका छन् । जसमा इटलीले ७ खेल जितेको छ भने वेल्स २ खेलमा विजयी भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button