तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले रोकिएका सडक सुचारु

पर्वत । पहिरोले अवरुद्ध भएको मध्य पहाडी लोक मार्ग र बेनी– मालढुङ्गा सडक सुचारु भएका छन् । 


बिहान पहिरोले पुरिएका दुवै सडक पहिरो पन्छाएपछि साँझदेखि सुचारु भएका हुन् । कुस्मा नगरपालिका १ सहस्र धारामा पहिरो आएर मध्य पहाडी लोक मार्ग अवरुद्ध भएको थियो भने बेनी– मालढुङ्गा सडक जलजला गाउँपालिकाका ३ ठाउँमा पहिरोले रोकिएको थियो । 


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले बिहानै देखि रोकिएका दुवै सडक पहिरो पन्छाएर साँझ देखि सुचारु भएको जानकारी दिनुभयो । प्रहरीका अनुसार गएरातीको वर्षाले सडकमा पहिरो झरेर सडक अवरुद्ध भएका हुन् । 


सडक सुचारु भएसँगै सडकमा रोकिएका सवारीसाधन अहिले गन्तव्य तर्फ लागेका छन् । पहिरो पन्छाएर सडक खुलाएता पनि सडकमा पहिरोको जोखिम भने कायमै रहेको प्रनाउ अधिकारीले बताउनुभयो । यद्यपि जिल्लाका अन्य ग्रामीण सडकहरू भने अहिले पनि सुचारु हुन सकेका छैनन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button