तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना पीडित विपन्न परिवारलाई राहत वितरण

जनकपुरधाम । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी रहेको निषेधाज्ञाका कारणले समस्यामा परेका धनुषाका नगराइन नगरपालिकाको वडा नंं ७ को बिर्ताका १ सय ११ परिवारलाई आज राहत वितरण गरिएको छ ।


मैथिल ब्राह्मण महासभा तथा निषाद सङ्घको संयुक्त आयोजनामा १ सय ११ परिवारलाई खाद्यान्नसहित राहत सामाग्री वितरण गरिएको हो । वडाध्यक्ष रामदुलार मुखियाको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रमको शुभारम्भ महासभाका केन्द्रीय अध्यक्ष वरिष्ठ इन्जिनियर भगवान् झाले गर्नुभएको थियो ।


नेपाल निषाद संघका केन्द्रीय पदाधिकारी बेचन मुखिया, स्थानीय समाजसेवी राम चन्द्र मुखिया एवं ब्राह्मण महासभा युवा समितिका प्रदेश अक्षय जानकी रमण झा, अक्षय मण्डल र भवन झा सहभागी हुनुहुन्थ्यो । 


कोरोना महामारीको अवधिमा महासभाले विभिन्न सङ्घ संस्थासँग सहकार्य गरी प्रदेश १ र २ मा करिब १ हजार विपन्न परिवारमा खाद्यान्न सहितको राहत वितरण गरिएको महासभाका केन्द्रीय अध्यक्ष भगवान् झाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button