तपाईँ सुन्दै हुनुहुन्छः

थप ३ हजार ६ सय ६० जना कोरोना सङ्क्रमणमुक्त

File Photo

काठमाडौँ । आज थप ३ हजार ६ सय ६० जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । 


यो सँगै नेपालमा हाल सम्म कोरोना संक्रमण पुष्टि भई निको हुनेको कूल सङ्ख्या ५ लाख ५३ हजार ३ सय ४२ पुगेको र निको हुने दर ८९ दशमलव ३ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 


यसैगरी आज थप २ हजार ४ सय १ जना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणबाट १ हजार ६ सय ८८ जना तथा एन्टिजेन परीक्षणबाट ७ सय १३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 


आज ७ हजार १० नमूनाको पिसिआर तथा ४ हजार ६ सय ८६ नमूनाको एन्टिजेन गरी जम्मा ११ हजार ६ सय ९६ नमूनाको परीक्षण गरिएको छ । 


यस्तै आज थप ३४ जनाको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु हुनेको कूल सङ्ख्या ८ हजार ६  सय ७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button