तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर एक जनाको मृत्यु

पाल्पा । पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका वडा नं ३ हिरापोखराकी ३४ वर्षीया नीरा विकको बुफर चार्ज गर्दा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा गीत बजाउनको लागी चार्ज गर्ने क्रममा शनिबार बिहान घाईते भएकी विकको तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरीे कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button