तपाईँ सुन्दै हुनुहुन्छः

अर्जेन्टिना र चिलीको साँघुरो जित

ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले पहिलो जित निकालेको छ ।

नेपाली समयानुसार शनिबार बिहान भएको खेलमा उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले पहिलो जित निकालेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन गुइडो रोड्रिगेजले निर्णायक गोल गरे । खेलको १३ औं मिनेटमा रोड्रिगेजले निर्णायक गोल गरेका हुन् ।

जितसँगै समूह ‘ए’को अर्जेन्टिनाले २ खेलमा ४ अंक जोडेको छ । अर्जेन्टिना शीर्ष स्थानमा रहेको छ ।

हारबाट प्रतियोगिताको सुरुवात गरेको उरुग्वे चौंथो स्थानमा रहेको छ ।

यस्तै, आजै भएको अर्को खेलमा चिली विजयी भएको छ । चिलीले बोलिभियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

चिलीलाई जित दिलाउन बेन ब्रेरेटोनले १० औं मिनेटमा निर्णायक गोल गरे ।

जितसँगै समूह ‘ए’को चिलीले २ खेलमा ४ अंक जोडेको छ । चिली समूहको दोस्रो स्थानमा रहेको छ । पुछारमा रहेको बोलिभियाको यो लगातार दोस्रो हार हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button