तपाईँ सुन्दै हुनुहुन्छः

इंग्ल्याण्ड स्कटल्याण्डसँग बराबरीमा रोकियो

काठमाडौं । युरोकप फूटबलमा इंग्ल्याण्ड बराबरीमा रोकिएको छ ।

समूह डी को खेलमा इंग्ल्याण्ड र स्कटल्याण्डले गोलरहित बराबरी खेलेका हुन् । वेम्बली स्टेडियममा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नक्दा बराबरी खेल्दै अंक बाँड्नु परेको हो ।

बराबरीसँगै दोस्रो स्थानको इंग्ल्याण्डले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा इंग्ल्याण्डले क्रोएसियालाई १–० ले हराएको थियो ।

उता पहिलो खेलमा चेक रिपब्लिकसँग २–० ले पराजित भएको स्कटल्याण्डले बराबरी पश्चात एक अंक जोडेको छ । यसअघि सम्पन्न यही समूहको अर्को खेलमा क्रोएसिया र चेक रिपब्लिकले १–१ गोलको बराबरी खेलका थिए ।

बराबरीपछि शीर्ष स्थानको चेक रिपब्लिकको दुई खेलबाट चार अंक भएको छ । यस्तै समूह ई मा स्विडेनले स्लोभाकियामाथि १–० को जित निकालेको थियो ।

प्रतियोगितामा आज पनि तीन खेल हुनेछन् । समूह एफ को खेलमा फ्रान्स र हंगेरीबीचको प्रतिस्पर्धा साँझ पौने सात बजे हुनेछ ।

यही समूहको अर्को खेलमा राति पौने दश बजे पोर्चुगल र जर्मनीबीच तथा समूह ई मा स्पेन र पोल्याण्डले राति पौने एक बजे खेल्ने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button