तपाईँ सुन्दै हुनुहुन्छः

बाढीले कास्कीको मदक्यु खोला जलविद्युत आयोजनामा ठुलो क्षति

पोखरा । अविरल वर्षाका कारण मादी नदीमा आएको बाढीले कास्कीको मादी गाउँपालिका १ स्थित मदक्यु खोलामा रहेको १३ मेगावाट क्षमताको जलविद्युत आयोजनामा क्षति भएको छ ।  सिक्लेस हाइड्रो प्रा.लि.ले सञ्चालन गरेको मदक्यु खोला जलविद्युत आयोजनामा बाढीले क्षति पुर्याउदा विद्युत् उत्पादन बन्द भएको छ ।

बाढीले आयोजनाको ‘स्विचयार्ड’, बाँध, इलेक्ट्रिक मेकानिकल सिभिल संरचना, विद्युत् प्रसारण लाइन, १४ किलोमिटर ट्रान्समिसन लाइन लगायतका अन्य संरचनामा ठुलो क्षति पुगेको सञ्चालक किरण केसीले जानकारी दिनुभयो । उहाँका  अनुसार ३० करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको छ ।

२०७४ चैतबाट केन्द्रीय प्रसारण लाइनमा जोडिएको उक्त आयोजनामा बाढीले क्षति पुर्याउदा मादी गाउँपालिका वडा १ सिक्लेसका बासिन्दा अँध्यारोमा बस्न बाध्य भएछन् । सिक्लेसमा अहिले सम्म केन्द्रीय प्रसारण लाइन भने पुगेको छैन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button