तपाईँ सुन्दै हुनुहुन्छः

स्पेनमा हुने विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको लागि २० सदस्य टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले स्पेनमा हुने विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीच जुलाई तेस्रो साता हुने त्रिकोणात्मक सिरिजलाई नेपालले प्रारम्भिक २० सदस्य टोली घोषणा गरेको छ ।

शुक्रवार घोषणा २० सदस्य टोलीमा पुरानै नाम रहेका छन् । नेपालले सोमबारबाट बन्द प्रशिक्षण सुरु गर्ने छ । घोषणा टोलीमा अनुभवी स्पिनर वसन्त रेग्मी, ओपनर सुबास खकुरेल, युवा ब्याट्सम्यान रोहित कुमार पौडेल जस्ता ब्याट्सम्यान भने छैनन् । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको खेल जुलाई तेस्रो साता स्पेनमा हुँदै छ ।

नेपालले गत वर्ष माघमा ओमान र अमेरिकासँग खेल्दै विश्वकप लिग २ मा डेब्यू गरेको थियो । नेपाल सहित, ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र यूएई गरी ७ टोलीले २०२३ सम्म प्रतिस्पर्धा गर्ने छन् । त्रिकोणात्मक सिरिज हुँदा एक टोलीले कुल ३६ ओडिआई खेल खेल्ने छन् । जसबाट शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् ।

पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ । विश्वकप सुपर लिगमा १३ टोली मध्य भारत आयोजक देश हुँदा छनोट भइसकेको छ । सुपर लिग पछि अन्य शीर्ष ७ टोलीले विश्वकपमा स्थान बनाउने छन् । बाँकी पाँच टोलीले ग्लोबल छनोटमा झर्नेछन् । १० टोलीबीच हुने ग्लोबल छनोटमा शीर्ष दुई टोलीले एकदिवसिय विश्वकप खेल्ने अवसर पाउने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button