तपाईँ सुन्दै हुनुहुन्छः

हात्तीसँग सेल्फी खिच्दा आक्रमणमा परी मृत्यु

सुनसरी । मोरङको सुनवर्षी नगरपालिका ८ कुरेली स्थितमा सोही स्थान का २१ वर्षीय मनोहर मियाको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।

आज बिहान शुक्रवार सँवा ७ बजे भारतबाट नेपाल प्रवेश गरेको १ वटा जङ्गली हात्तीले आक्रमण गरेको थियो ।

मिया हात्तीको नजिकै गएर सेल्फि खिच्ने क्रममा हात्तीको आक्रमणमा परी घाइते भएका थिए । घाइते मियाको बिहान सँवा ८ बजे न्युरो अस्पताल विराटनगरमा पुर्‍याउन साथ मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button