तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशको युवा परिषद्को उपाध्यक्षमा चौलागाई नियुक्त

मकवानपुर । बागमती प्रदेश युवा परिषद्को उपाध्यक्षमा मकवानपुरका सन्तोष चौलागाई नियुक्त हुनुभएको छ । शुक्रवार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले चौलागाईलाई युवा परिषद्को उपाध्यक्षमा नियुक्त गर्नुभएको हो ।

युवा परिषदमा उपाध्यक्ष नियुक्तिसँगै प्रदेशमा युवाको नीति निर्माण गर्न र योजना कार्यान्वयन गर्न सहज हुने मुख्यमन्त्री पौडेलले बताउनुभयो । नियुक्त भएका चौलागाईलाई सपथ ग्रहण गराउँदै सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले समग्र युवा विकासका लागि महिला युवाहरूको सक्रियता बढाउने गरि काम गर्न सुझाव दिनुभएको छ । 

बागमती प्रदेशको युवा परिषद्को उपाध्यक्षको लागि १६ जनाको आवेदन परेकोमा सामाजिक विकास मन्त्रालयले ६ जनालाई अन्तरवार्ताका लागि छनौट गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button