तपाईँ सुन्दै हुनुहुन्छः

पेरु पोस्टमा ब्राजिलको चार गोल


ब्राजिलले कोपा अमेरिका फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।

शुक्रबार बिहान भएको समूह चरणको खेलमा पेरुलाई ४-० गोल अन्तरले पराजित गर्दै आयोजकसमेत रहेको ब्राजिलले लगातार दोस्रो जित निकालेको हो ।

ब्राजिललाई जित दिलाउन एलेक्स सान्ड्रो, नेयमार, एभर्टन रिबेरो र रिचार्लीसनले समान एक/एक गोल गरे ।

खेलको १२ औं मिनेटमा एलेक्सले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । उनले ग्राबियल जिससको पासमा गोल गरे ।

त्यसपछि खेलको ६८ औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई २-० को अग्रता दिलाए । फ्रेडको पासमा उनले गोल गरे ।

खेलको ८९ औं मिनेटमा एभर्टनले गोल गर्दा ब्राजिलले अग्रता तेब्बर बनायो । रिचार्लीसनको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका हुन् ।

त्यसपछि खेलको इन्जुरी समयमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई ४-० को सानदार जित दिलाए ।

यस जितसँगै समूह ‘ए’मा रहेको ब्राजिलले २ खेलमा ६ अंक जोडेको छ ।

पहिलो खेल खेलेको पेरुको यो पहिलो हार हो । पेरु समूहको पुछारमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button