तपाईँ सुन्दै हुनुहुन्छः

विरोधका बाबजुद पनि संसद् क्षेत्र विकास कार्यक्रमको निरन्तरता

जनकपुरधाम । प्रदेश नंं २ का सरकारले प्रदान गर्दै आएको प्रदेश संसद् विकास क्षेत्रको रकममा व्यापक आर्थिक अनियमितता हुने गरेको आरोप विभिन्न क्षेत्रबाट लागे पनि प्रदेश नंं २ का सरकारले अगामी आर्थिक वर्षमा पनि कार्यक्रमलाई निरन्तरता दिएको छ । 

प्रत्येक निर्वाचन क्षेत्र तथा समानुपातिक प्रदेश सभालाई समेतलाई गरेर १ सय ७ जनाका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ का लागि पनि २ अर्ब ३५ करोड रकम विनियोजन गरेको छ । यो रकम एउटै शीर्षकमा सबैभन्दा ठुलो रहेको छ । 

प्रदेश सरकारको सो रकम कार्यकर्ता पालन तथा अनियमितताका लागि छुट्याउने गरेको र छनौट भएका योजनाको काम गुणस्तरहीन हुने गरेको गुनासो हुँदा हुँदै पनि सबै प्रदेश सभाका सदस्यहरूलाई खुशी बनाउनका लागि प्रदेश सरकारले कार्यक्रमलाई निरन्तरता दिने काम भएको छ । 

खास गरेर यो कार्यक्रमको बजेट सङ्घीय सरकारले सञ्चालन गरेको योजनासँग डुप्लिकेट  गरेको कतिपय ठाउँमा सञ्चालन गरेको देखिइएको छ । यस कार्यक्रमको आम जनताबाट विरोध हुँदाहुँदै पनि अर्को आर्थिक वर्षमा पनि निरन्तरता दिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button