तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश सरकारद्वारा साढे ४० अर्बभन्दा बढीको बजेट

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षभन्दा साढे ४० अर्बभन्दा बढीको बजेट ल्याएको छ । 


गत वर्ष खर्च हुन नसकेको ७ अर्ब बजेट तानेर अहिलेको बजेट बढाइएको छ । प्रदेश सरकारले चालु वर्षजस्तै आगामी वर्षको बजेट पनि कोभिडको नियन्त्रण, उपचार र कोभिडका कारण रोजगारी गुमाएकाहरूको रोजगारी र कृषि क्षेत्रमा केन्द्रित गरेको छ । 


आगामी आर्थिक बर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले प्रदेशसभामार्फत ४० अर्ब ९५ करोड ९७ लाख बराबरको बजेट प्रस्तुत गरेका हुन् । 


गत वर्ष प्रदेश सरकारले ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट ल्याएको थियो । सरकारले आगामी वर्षको लागि ल्याएको बजेट चालु आर्थिक वर्षको भन्दा ४ अर्ब ६० करोड ७२ लाख रुपैयाँले बढी हो ।

बजेटको पूर्ण पाठ 

प्रतिक्रिया राख्नुहोस्

Back to top button