तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ संस्करणमा रेडियो नेपालका वेबसाइट

काठमाडौँ । रेडियो प्रसार सेवा विकास समिति, रेडियो नेपालले आफ्ना वेबसाइटहरूको स्तर उन्नति गर्दै नयाँ संस्करण सार्वजनिक गरेको छ । श्रोता र पाठकसँग आफ्ना सामग्री सरल र सहज तरिकाले पुर्‍याउन यस्तो सुधार गरिएको समितिले जनाएको छ ।

समितिको संस्थागत वेबसाइट www.radionepal.gov.np लाई नेपाली र अंग्रेजी भाषाका छुट्टा छुट्टै संस्करणमा विकास गरिएको छ । नयाँ ढाँचा र शैलीमा डिजाइन गरिएको यो वेबसाइटमा संस्थागत विवरण, अभिलेख र ताजा सूचनाहरू उपलब्ध छन् । यसै गरी समितिले सञ्चालन गरेको न्यूज पोर्टल www.onlineradionepal.gov.np मा पनि केही महत्त्वपूर्ण सुधार भएका छन् ।

न्यूजपोर्टलमा अंग्रेजी भाषाका लागि सब पोर्टलको विकास गरिएको छ । अंग्रेजी भाषाका सामग्री अब सहज तरिकाले पाठकले पढ्न पाउने भएका छन् । डेक्सटप कम्प्युटरदेखि साना मोबाइल डिभाइसमा पनि उपयुक्त हुने गरी नयाँ संस्करण विकास भएको कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले जानकारी दिनुभयो । सबै वेबसाइटमा रेडियो नेपालका केन्द्रिय र प्रदेश प्रसारणका कार्यक्रम प्रत्यक्ष सुन्न पाइन्छ । पुराना कार्यक्रमहरू चाहेको बेलामा सुन्न मिल्ने गरी अभिलेखको व्यवस्था गरिएको समितिले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button