तपाईँ सुन्दै हुनुहुन्छः

एमाले संसदीयदलका बैठकमा चार सदस्य अनुपस्थित

File Photo

सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलका बैठकमा पुनःबहाली हुनुभएका प्रदेशसभाका चारजना सदस्य अनुपस्थित हुनुभएको छ । अनुपस्थित हुनेमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा हुनुहुन्छ ।

प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरिने र बजेट सार्वजानिक गर्ने कार्यसूचि छ । आज बिहानको सो दलका बैठकमा उपस्थित हुन उहाँहरुलाई पत्राचार गरिएको बताइएको छ । संसदीय दलका बैठकमा सहभागी हुन एमालेले आमन्त्रण गरेपनि चारै जना सदस्य बैठकमा अनुपस्थित हुनुभएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button