तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटनामा कांग्रेस नेतृ खातुनको निधन

बीरगंज । नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकी सदस्य एवं महिला नेतृ अपसाना खातुनको आज दिउँसो बाराबाट रौतहट जाने क्रममा विच बाटोमा ट्याक्टरले स्कुटीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ ।
बाराको सिमरौनगढ नगरपालिका वडा नम्बर ४, हरिहरपुर निवासी ३७ बर्षिया महिला नेतृ खातुन आफ्नो श्रीमान् शेर महम्मद अन्सारीले चलाएको बागमती प्रदेश ०२३ प ००७४ नम्बरको स्कुटीमा रौतहटतर्फ जाने क्रममा रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ४ पटेल चोकमा ना ५ त ४११ नम्बरको ट्याक्टरले स्कुटीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका शेर महम्मद अन्सारीको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ भने ट्याक्टर चालक श्याम विनय रामलाई रौतहट प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी भरत श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button