तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख सापकोटाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

चौतारा । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकका स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ ।
सभामुख सापकोटाले सोमबार जलबिरे प्राथमिक स्वास्थ्य केन्द्र र बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रको अवलोकन गर्नुहुँदै डिजिटल एक्स-रे मेशिन लगायत आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
त्यस अवसरमा सभामुख सापकोटाले कोभिड १९ र प्राकृतिक विपत्ति पूर्व तयारी सम्बन्धमा जानकारी लिई आफ्नो तर्फबाट हुने सहयोगको पनि प्रतिबद्धता जाहेर गर्नुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button