तपाईँ सुन्दै हुनुहुन्छः

आज विश्व रक्तदाता दिवस, रक्तदातालाई सम्मान गर्ने अवसरकाे रूपमा मनाइदै

काठमाडाैं । आज विश्व रक्तदाता दिवस नेपालमा पनि रक्तदान लगायतका विभिन्न कार्यक्रम गरी मनाइदैछ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक वर्षको जून १४ का दिन यो दिवस मनाउन थालिएको हो ।

मानव रगत समूह (ब्लड ग्रुप) पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसरमा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन शुरू गरिएकाे हाे ।

दिवसलाई नयाँ रक्तदाताका रुपमा युवाहरुलाई उत्प्रेरित गर्ने र नियमित रक्तदाताहरुलाई सम्मान गर्ने अवसरको रुपमा समेत लिने गरिएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण यस वर्ष खुलेर दिवस मनाउन नसकिए पनि भर्चूअल विधिबाट सामान्य तरिकाले कार्यक्रम मनाउन लागिएको छ । विशेषत: नेपाल रेकक्रस सोसाइटीले नेपालमा रक्त संकलन र आवश्यक परेका बिरामीका लागि उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button