तपाईँ सुन्दै हुनुहुन्छः

शेयर बजारः कारोबार २० अर्ब नजिक

फाइल तस्बिर

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजारमा नेप्से सूचक र कारोबार रकम दुवैले पुनः नयाँ रेकर्ड बनाएर दैनिक कारोबार २० अर्ब नजिक पुगेको छ ।

आइतबार नेप्से परिसूचक ३८.३२ अङ्क बढेर २९८३.११ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च बन्द विन्दु हो । यस अघि नेप्सेले गत साताको मङ्गलवार नयाँ अलटाइम हाइ रेकर्ड बनाएको थियो ।
त्यसैगरी आइतबार कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको छ । यस दिन बजारमा २२० कम्पनीहरूका १ लाख ८२ हजार ४३० पटकको कारोबारमा १९ अर्ब ५५ करोड १ लाख ६६ हजार रुपैयाँ बराबरका ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता शेयरहरू किनबेच भएका छन् ।
यस दिन नेप्से र कारोबार रकमले नयाँ रेकर्ड कायम गरेसँगै ३ दर्जन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये विकास बैङ्क, फाइनान्स कम्पनी, जलविद्युत कम्पनी र होटल समूह रहेका छन् ।
नेप्सेमा रहेका १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button