तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८र७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रदेश सभाको आजको बैठकमा प्रदेश प्रमुख गङ्गाप्रसाद यादवले आगामी आर्थिक बर्ष २०७८र७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । सरकारले ल्याएको नीति तथा कार्यक्रममा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणलाई उच्च प्राथमिकता दिइएको छ  । प्रदेशको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकासमा जोड दिइएको नीति तथा कार्यक्रममा रोजगारीको सृजना, सामाजिक तथा आर्थिक क्षेत्रको पुनरुत्थान लगायतका क्षेत्रलाई समेटेर बजेट तर्जुमा गरिने उल्लेख छ ।
यसै गरी विकाससँग रोजगारी कार्यक्रम, सवैका लागी शिक्षा अभियान, द्वारिकादेवी महिला सशक्तीकरण कार्यक्रम, प्रदेश गौरवका योजना, सरकारी अस्पताल(स्वास्थ्य संस्थाको क्षमता बिस्तार, प्रदेश निजामती अस्पतालको स्थापना, वित्तीय पहुँच अभिवृद्धि, भौगोलिक सञ्चार प्रणाली विस्तार, लगानी मैत्री वातावरणमा जोड दिइने छ, प्रस्तुत नीति तथा कार्यक्रममा भनिएको छ ।
यस्तै सडक दुर्घटना, चोरी, लुटपाट जस्ता घटना न्यूनीकरणका लागी राजमार्गमा सिसिटिभी जडान, नागरिक सीमा हेल्प डेस्क प्रभावकारी व्यवस्थापन, शान्ति सुरक्षा, प्रदेश प्रहरीको भौतिक पूर्वाधार निर्माण लगायतका क्षेत्रलाई समेत नीति तथा कार्यक्रममा समेटिएको छ ।
प्रदेश सभाको अर्को बैठक जेठ २८ गते दिउसो ३ बजे बस्ने कार्य तालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button