तपाईँ सुन्दै हुनुहुन्छः

बन कर्मचारीले निजी घरमा आगो लगाएपछि स्थानीयको बिचल्ली 

डडेलधुरा । बन कर्मचारीको टोलीले एक स्थानीयको घरमा आगजनी गरेपछि बिचल्ली भएको छ । जिल्लाको परशुराम नगरपालिका–११ सिमलबण्डाका मानबहादुर विष्टको घर ऐलानी जग्गामा रहेको भन्दै डिभिजन वन कार्यालय डडेलधुराले आगजनी गरेको हो । विष्टको घर वनले जलाइदिएपछि अहिले उनको बिचल्ली भएको छ ।
उनी कञ्चनपुरमा छोरीको घरमा बसेका छन् । एक हप्ता अगाडि मेरो घरमा आगो लगाइ दिएपछि पशु चौपाया उतै छोडेर कञ्चनपुर पुगेको विष्टले जानकारी दिनुभयो । जोगबुढा क्षेत्रमा अधिकांशको घर ऐलानी जग्गामा बनाइएको भए पनि व्यक्तिगत रिसिइबिको कारण आफ्नो घर मात्रै जलाएको विष्टको आरोप छ ।
विगत १०–१५ वर्षदेखि ऐलानी जग्गा बनाएको थिए,’ उनले भने, ‘प्रहरी प्रशासन र सामुदायिक वन र सब डिभिजन वनका व्यक्ति आएर घरमा आगजनी गरिदियो ।’
अन्य स्थानीयको घर पनि ऐलानी जमिनमा छ भन्दा तिम्रो घर मात्रै जलाउन आएका हौँ भन्ने धम्की दिएको विष्ट बताउँछन् । उनले बनाएको घर रौलेश्वर सामुदायिक वनमा रहेको थियो । कोरोना महामारीको समयमा वनले आफूमाथि क्रूर व्यवहार देखाएको उनको गुनासो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button