तपाईँ सुन्दै हुनुहुन्छः

चारवटा प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

काठमाडौं। चारवटा प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्। प्रदेश १, २ नम्बर, बागमती र सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम ल्याउन लागेका हुन्।

प्रदेश १ सरकारले आज अपरान्ह तीन बजे प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले, प्रदेश नम्बर २ सरकारले दिउँसो २ बजे प्रदेश प्रमुख डाक्टर राजेश झा ‘अहिराज’ले बागमती प्रदेशसभाको दिउँसो साढे ३ बजे बस्ने बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले र सुदूरपश्चिम प्रदेशसभाको दिउँसो ४ बजे बस्ने बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको छ ।

प्रदेशमा बजेट ल्याउनुभन्दा १५ दिन अगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने संवैधानिक व्यवस्था भए पनि यस वर्ष राजनीतिक किचलो र उतारचढावका कारण ढिलो भएको छ। प्रदेश सरकारहरुले असार १ गते अगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button