तपाईँ सुन्दै हुनुहुन्छः

भरुवा बन्दुक सहित एक जना मृत फेला

बझाङ । बझाङमा भरुवा बन्दुक सहित एक जना मृत फेला परेका छन् । बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिका ४ खत्री गाउँका अन्दाजी ३५ बर्षीय डम्बर बहादुर खत्री २४ गते जङ्गल गएको र उनको परिवारले खोजी गर्दा २५ गते मृत अवस्थामा फेला पारेको जनाएको छ ।
उनी गडाला सामुदायिक वनमा भरुवा बन्दुक सहित मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । खत्रीको नजिकै भरुवा बन्दुक भेटिएको छ भने उनको बायाँ कञ्चडामा गोली लागेर टाउको छेडेको जनाइएको छ ।
मृत खत्रीको जिल्ला अस्पताल बझाङमा पोष्टमार्टम भएर मृतकका आफन्तले शवलाई लगिसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रूपक खड्काले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button