तपाईँ सुन्दै हुनुहुन्छः

साइन नेपालद्वारा १२ लाख बरावरको  स्वास्थ्य सामाग्री वितरण 

बाजुरा । कोरोना महामारी नियन्त्रण गर्न सहयोग स्वरूप बाजुराका विभिन्न स्थानीय तहमा साइन नेपाल नामक गैरसरकारी संस्थाले १२ लाख रुपैंया बराबरको स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
जिल्लाको सर्वाधिक बिकट हिमाली गाउँपालिकामा करिब ७ लाख रुपैंया बराबर र बुढिगंगा नगरपालिकालाई पाँच लाख रुपैंया बराबरको  स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
उत्तर पूर्वी  क्षेत्रमा पर्ने हिमाली गाउँपालिकालाई  मङ्गलवार मानवीय सेवामा अनेकौँ प्रयास (साइन नेपाल) धनगढीले स्वास्थ्य सामग्री सहयोग गरेको हो । कन्सेन्ट्रेटर १० लिटर र ५ लिटर गरी २ वटा, नेबुलाइजर २ वटा, पल्स अक्सिमिटर ३ वटा, पिपिई सेट लगायतका उपकरण तथा स्वास्थ्य सामाग्रीहरू साइन नेपालले हिमाली गाउँपालिकालाई प्रदान गरिएका हो ।  कन्सेन्ट्रेटरले अक्सिजनको कमी भएका बिरामीहरूका लागि उपचारमा निकै सहज हुने गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्ले बताउनुभयो ।
त्यसै गरी सोमबार दिउसो एक कार्यक्रमका बीच साइन नेपालले बुढिगंगा नगरपालिका लाई कन्सेन्ट्रेटर १० लिटर र ५ लिटर गरी २ वटा, नेबुलाइजर २ वटा, पल्स अक्सिमिटर ३ वटा, पिपिई सेट लगायतका उपकरण तथा स्वास्थ्य सामाग्रीहरू सहयोग गरेको बुढिगंगा नगरपालिकाका नगरप्रमुख दिपकबिक्रम शाहले जानकारी गराउनुभयो  । एक थान अक्सिजन भर्न धनगढी नेपालगन्ज पठाउने पर्ने बाध्यता थियो ।  कन्सेन्ट्रेटर, अक्सोमिटर र पिपिई सेट  लगायतका अत्यावश्यक उपकरण उपलब्ध भएका छन् । बिरामी उपचार गर्न सहजता आउने छ नगरप्रमुख शाहले बताउनुभयो ।
बाजुराका स्थानीय बासिन्दाको  स्वास्थ्य  सुरक्षा अवस्थालाई मध्यनजर गर्दै संक्रमित व्यक्तिहरूलाई उपचारमा सहज हुने विश्वासका साथ स्वास्थ्य उपकरण लगायत विभिन्न स्वास्थ्य सामाग्री  स्थानीय पालिकालाई  सहयोग गरेको साइन नेपालका अध्यक्ष भक्तराज जोशीले बताउनुभयो ।
जिल्लाका बस्ती स्तरमा पुगेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेपछि साइन नेपाललाई बुढिगंगा नगरपालिका प्रमुख शाहले धन्यवाद  दिनु भएको छ । अक्सिजनको कमी भएका बिरामीहरूका लागि कन्सेन्ट्रेटरले उपचारलाई निकै सहज हुने र कोरोना रोकथाम तथा नियन्त्रणका लागि संस्थाले गरेको सामाग्री सहयोग निकै उपयोगी हुने विश्वास लिएका पनि उनले बताउनुभयो ।
साइन नेपाल धनगढीले  केही हप्ता अगाडि जिल्ला प्रहरी कार्यालय बाजुरालाई १२ थान  कम्प्युटर तथा प्रिन्ट सहयोग गरेको थियो । त्यसै गरी गत वर्षको बाढी पहिरो पीडित चार सय परिवारलाई खाद्यान्न कपडा तथा भांडाकुंडीको राहत सहयोग दिएको थियो । त्यसै गरी  डोटी जिल्लामा पनि उक्त संस्थाले स्वास्थ्य सुरक्षा सामाग्री तथा उपकरणहरू हस्तान्तरण गरेको  साइन नेपालका कोषाध्यक्ष मेघराज भट्टले जानकारी दिनुभयो ।
यसैबीच बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना १८ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै बाजुरामा सङ्क्रमितको सख्या ७ सय १३ पुगेको छ । आज १३६ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा १८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
बुधवार बाजुरामा निको भएर घर फर्किएको सख्या शून्य रहेता पनि हालसम्म निको हुनेको सख्या ४ सय ३२ पुगेको छ । जिल्लामा पछिल्लो एक हप्तामा संक्रमित हुनेको सख्या भन्दा निको हुनेको सख्या बढ्दै गएको तथ्याङ्क  छ । हाल सम्म २ सय ७२ जना सक्रिय संक्रमित रहेका छन् । आइसोलेसनमा रहेका सङ्क्रमितको सख्या १० रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button