तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बियो 

सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बिएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समितिको आज बसेको भर्चुअल बैठकले कोरोना सङ्क्रमणको जोखिम अझै कायम रहेको निष्कर्ष निकाल्दै जेठ ३१ गते राती १२ बजे सम्मलाई निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

बैठकमा गत वैशाख १४ गते रातिदेखि जारी निषेधाज्ञाको प्रभावकारिता, अस्पतालमा बिरामीको उपचारको अवस्था, अक्सिजन आपूर्ति तथा कोरोना परीक्षणको लगायत विषयमा सम्बन्धित सरोकारवालासँग समीक्षा भएको छ ।

जिल्लामा बढ्दै गइरहेको कोभिड –१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि जिल्लास्थित क्रियाशील सम्पूर्ण राजनीतिक दल, पेसाकर्मी, व्यवसायी, बुद्धिजीवी, नागरिक समाज लगायतसँग निषेधाज्ञाको आदेश परिपालना गर्न समितिले आग्रह गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button