तपाईँ सुन्दै हुनुहुन्छः

कृष्णनगरको एक पुरानो घरमा अस्थिपञ्जर फेला 

कपिलवस्तु  । जिल्लाको कृष्णनगरमा २० बर्ष देखि बन्द रहेको पुरानो घरमा अस्थिपञ्जर फेला परेको छ ।

बेलुकी साढे पाँच बजे कृष्णनगर नगरपालिका वडा नं. २ गुरुद्वारा स्थित नन्दलाल अग्रवालको भत्केको जीर्ण भवनमा अज्ञात मानिसको अस्थिपञ्जर फेला परेको छ । लगभग २० बर्ष पहिलेदेखि बस्न छाडेको नन्दलाल अग्रवालको छिमेकीको घर मर्मत गरी रहेको घरका कामदारले नन्दलाल अग्रवालको घरमा अस्थिपञ्जर देखेपछि प्रहरीलाई खबर गरेका हुन ।

कृष्णनगर प्रहरीले खबर पाउने बित्तिकै घटना स्थलमा पुगी अस्थिपञ्जरलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

अस्थिपञ्जर बारे थप अनुसन्धानका लागि फोरेन्सिक टेस्ट गराउन टिचिङ अस्पताल काठमाडौँ पठाइएको इप्रका कृष्णनगर प्रहरी निरीक्षक सुखदेव पौडेलले जनाउनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button