तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा १३६ जनाको थ्रोट स्वाब संकलन

डडेल्धुरा । डडेल्धुरामा एक युबकमा कोरोना संक्रमण देखापरेपछि सम्पर्कमा आएका ३६ जना सहित एक सय ३६ जनाको थ्रोट स्वाब संकलन भएको छ ।

जिल्लामा पहिलो पटक शुक्रबार सरकारी कर्मचारीमा कोरोना संक्रमण देखिएपछि संक्रमित युवकको सम्पर्कमा आएका ३६ जना र अन्य एक सय जना क्वारेन्टाइनमा बसेकाहरूको स्वाब संकलन गरिएको हो ।

डडेल्धुराको परशुराम नगरपालिका १० का २८ वर्षीय ती युवकमा शुक्रबार कोरोनाको संक्रमण रहेको पुष्टि भएको थियो । उनको सम्पर्कमा आएका १५ जना परिवारका सदस्य, पाँच जना पत्रकार, १० जना स्वास्थ्यकर्मी र होटल सञ्चालकसहित ६ जनाको शनिबार थ्रोट स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर सुपरभाइजर तथा कोभिड १९ डडेल्धुराका सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिनुभयो ।

उनका अनुसार शनिबार बगरकोटमा अजयमेरु र भागेश्वर गाउँपालिकाको क्वारेन्टाइनमा बसिरहेको ६४ जनाको पनि स्वाब संकलन गरिएको छ । अमरगढी र नवदुर्गाको क्वारेन्टाइनमा बसेका ३० जनाको समेत स्वाब संकलन गरिएको छ ।

परशुराम नगरपालिकाको क्वारेन्टनमा बसिरहेका ६ जनाको पनि स्वाब संकलन गरिएको जनाएको छ । शनिबार नै संक्रमित कर्मचारी कार्यरत कार्यालयका अन्य कर्मचारीसहित १८ जनाको आरडिटी परीक्षण गरिएको छ ।

कोरोना देखिएका ती युवक डडेल्धुरास्थित एक सरकारी कार्यरत कर्मचारी रहेको र उनी विभिन्न योजनाका काममा सक्रिय देखिएकोले कोरोना परीक्षणको दायरा अझ बढाउनुपर्ने यहाँका स्थानीयहरूको भनाइ छ ।

कोरोना संक्रमित व्यक्ति डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा उपचारत छन । उनको स्वास्थय अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button