तपाईँ सुन्दै हुनुहुन्छः

प्युठानमा नयाँ नक्शाको भित्तेचित्रण

स्वर्गद्वारी – लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भूभाग समेटेर नेपाल सरकारले जारी गरेको नयाँ नक्शा चित्रण हुने गरी वाल पेन्टिङ गरिएको छ ।

लायन्स क्लब अफ प्युठानले प्युठान नगरपालिका वडा नं ४ नयाँ बजार जुम्री, जाल्पादेवी मन्दिर नजीकैको सार्वजनिकस्थलमा नक्शा कोरेकोे हो ।

राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सरकारले नयाँ नक्शा सार्वजनिक गरेर आफ्नो भूमिको रक्षा गरेकामा खुशी व्यक्त गर्दै आफूहरुले नक्शा कोरेको लायन्स क्लबका अध्यक्ष बालाजु श्रेष्ठले बताउनुभयो ।

नयाँ नक्शा सार्वजनिक गरेर सरकारले राम्रो काम गरेको भनी यहाँका बुद्धिजीवीले खुशीसमेत व्यक्त गरेका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button